×

NMB BANK
NIC ASIA

ऐश्वर्य : प्रेम र ऐश्वर्यबीचको कमजोर लडाईं

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ११  कात्तिक – चलचित्र स्तरीय बन्नका लागि कुनै एक पक्षको मात्रै भूमिका पक्कै हुँदैन । फिल्म स्तरीय बन्न सबै तत्त्व उत्तिकै सन्तुलित र आकर्षक हुनैपर्छ । युवा निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ सानाठूला सन्तुलनको खड्कोका कारण उत्कृष्ट बन्न सकेको छैन । कुनै जमानाका ‘हिट’ अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र उनको जमानाभन्दा माथि उठ्न त सकेको छैन तर फिल्मका केही पक्ष भने चाखलाग्दा छन् ।aishwarya

चलचित्रको कथामा खासै नयाँपन केही छैन । काठमाडौंको व्यवसायी राघव जबरा (प्रशान्त ताम्राकार) लाई जसरी भए पनि ऐश्वर्य (पैसा) चाहिएको छ । उता प्रतिस्पर्धी समीर (रमेश उप्रेती) भने अरूको विश्वास जितेरै कमाउन चाहन्छ । तर पैसा मात्रले पनि पुगेको छैन समीरलाई । यी दुईको व्यावसायिक प्रतिस्पर्धा एकातिर छ, अर्कोतिर समीर आफ्नै कम्पनीको ग्रान्ड ओपनिङमा आउने मोडल दीपिका प्रसाईंसँग एकाएक प्रेममा पर्छ । अर्कातिर आफ्नो वृत्ति (करीअर) लाई अगाडि बढाउन आफ्नो प्रेमीसँग पनि सम्झौता नगर्ने दीपिकाको कमजोरीलाई प्रशान्तले आफ्नो फाइदाका लागि प्रयोग गर्छ । यिनै कथाबीच अल्झिएको ‘प्रेम’ र ‘धन’ को रेस कसरी अगाडि बढ्दै जान्छ भन्ने बुझ्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।

चलचित्रका संवाद राम्रा छन् तर प्लट कच्चा र कमजोर छ ।

फिल्ममा पनि मोडलकै भूमिकामा देखिएकी दीपिका प्रसाईंले आफ्नो डेब्यु चलचित्रबाट अभिनयमा गतिलै सम्भावना देखाएकी छिन् । उनको अभिनय झुर र बनावटी लाग्दैन । तर मुख्य भूमिकामा देखिएका रमेश उप्रेतीको अभिनय औसतमै सीमित हुन पुगेको छ । उनको पात्रको प्रवृत्ति फेरिइरहन्छ तर उनी पूरै फिल्ममा एकनासको अभिनयमा देखिन्छन् । बरू खलनायकको भूमिकामा देखिएका प्रशान्त ताम्राकारको अभिनय र संवादशैलीले उनको अभिनयलाई अझै बोल्ड बनाएको छ । फिल्मकी अर्की मुख्य अभिनेत्री केकी अधिकारीलाई केटाकेटीपन देखिने भूमिका पात्रअनुसार सुहाउँदो लाग्छ ।

फिल्मको मुख्य कमजोरी यसको कथामै छ । धेरैजसो पटकथा र द्वन्द्व उत्पन्न गर्ने कारण चित्तबुझ्दा छैनन् । चलचित्रको पहिलो हाफ साह्रै धीमा गतिमा अगाडि बढ्छ । शुरुका केही दृश्य किन र के प्रयोजनका लागि राखिएका हुन् भन्ने कुरा छुट्याउनै गाह्रो पर्छ । निर्देशकले पात्रसँग जोडिएका यस्ता स–साना विषयलाई कथामै ख्याल गर्नुपर्ने थियो । यद्यपि फिल्मका संवाद भने आकर्षक र सुहाउँदा छन् । तर कच्चा पटकथामा स्तरीय संवाद हुँदैमा फिल्म राम्रो बन्छ भन्ने छैन । लेखकले यसको पटकथालाई अझै चम्किने गरी माझ्न सकेको भए फिल्मको गुणस्तर उँचो हुने थियो ।

फिल्मको पार्श्वध्वनि सुहाउँदो लाग्छ । गीत संगीत राम्रा छन् । त्यस्तै चलचित्रको छायांकन पक्षले भने फिल्मलाई देख्दा ‘राम्रो’ बनाएको छ । राजेश श्रेष्ठ र सुदीप बरालले फिल्मलाई कथा सुहाउँदो किसिमले क्यामेरामा उतारेका छन् ।

फिल्मको केही पक्षले भने आनन्द दिन्छ । जस्तो कि, दीपिका र प्रशान्तको बोल्ड अभिनय, केकी अधिकारीको चरित्र, सटीक संवाद र रमेश उप्रेतीको एक्सन दृश्य ।

साथै चलचित्रको प्रेमकथा पनि अस्वाभाविक लाग्दैन । सबै वर्गले रुचाउलान् भन्ने उद्देश्यले निर्माण गरिएको चलचित्रलाई केही घण्टाको रमाइलोका रूपमा लिने दर्शकलाई यो चलचित्रले ह्याङ्ग नगर्न सक्छ । निरन्तर चलचित्र हेरिरहने र मसालेदार सिनेमा मन पराउने दर्शकका लागि पनि यो चलचित्र रोजाइको चलचित्र बन्न सक्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x