×

‘भाइरल’ शिक्षकको उपलब्धि

विद्यार्थीका प्रिय शिक्षक सुजन : भारतदेखि अमेरिकासम्म चर्चा, विश्वप्रसिद्ध विश्वविद्यालयले दियो कदरपत्र

कास्की | साउन २६, २०८१

हातमा हाजिरी कपी बोकेर कक्षाकोठा प्रवेश गरेका शिक्षक सुजन लम्साल विद्यार्थी देखेर आत्तिन्छन् । हुन पनि उनका आँखैअगाडि विद्यार्थी ‘ग्याङ फाइट’ गर्दै थिए । उनी दौडँदै विद्यार्थी छुटाउन पुगे । लडिरहेका एकहुल विद्यार्थी बीचबाटै एक जनाले शिक्षक सुजनलाई फूलको बुके दिन्छन् । अघिसम्म ‘ग्याङ फाइट’ गर्दै हो–हल्ला गरिरहेका विद्यार्थी ‘ह्यापी बर्डथे सुजन सर’ भन्दै एकाएक गीत गाउन थाल्छन् ।

Laxmi Bank

कक्षाकोठाको माहोल एकाएक परिवर्तन हुन्छ । सुजन राहतको सास फेर्दै अक्मिकिन्छन् । उनी हातमा बुके लिएर चैनको सास लिई अचम्मित मुद्रामा एक–दुई पाइला पछाडि सर्छन् । अनि, विद्यार्थीलाई अँगालोमा बाँध्छन् । केही समयअघि सामाजिक सञ्जालमा चर्चित बनेको भिडियोको दृश्य हो यो । 


Advertisment

शिक्षकको जन्मदिनमा विद्यार्थीले दिएको सप्राइज गिफ्ट’ थियो त्यो । खासमा त्यो ‘ग्याङ फाइट’ ‘फेक’ थियो । आफ्ना प्यारा शिक्षकलाई सरप्राइज बनाउन गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीले चालेको ‘स्टन्ट’ मात्रै थियो त्यो । तर, शिक्षक सुजनको ‘रियाक्सन’ भने वास्तविक थियो । क्यामेरामा कैद गरिएको यो दृश्यले धेरैको मन छोएको थियो । भारतका सञ्चारमाध्यमले समेत यसलाई समाचार बनाएका थिए । ‘इन्डिया टुडे’ र ‘टाइम्स नाउ न्युज’लगायतले  समाचार प्रकाशन गरेका थिए । 


Advertisment

उनै शिक्षक सुजनलाई केही साताअघि अमेरिकाको विश्वप्रसिद्ध विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कदरपत्र पठायो । एमआईटीले हरेक वर्ष ग्रेट टिचर ट्रिब्युट गर्छ । जसमा नयाँ भर्ना भएका विद्यार्थीलाई आफनो शिक्षामा ठूलो प्रभाव पार्ने उच्च माध्यमिक विद्यालयका शिक्षकको नाम लिन आग्रह गर्छ । त्यही शिलशिलामा उनका पूर्वविद्यार्थी सुदीप रोकायाले सुजनलाई सम्झिए । त्यसपछि एमआईटीले सुजनलाई बधाई दिँदै कदरपत्र पठाएको हो । 

१७ वर्ष पुग्यो सुजन शिक्षण पेशामा आबद्ध भएको । योबीच उनले विद्यार्थीमा प्रिय शिक्षकको छाप छोड्न सफल भएका छन् । बाहिरिएको ‘भाइरल भिडियो’ एउटा उदाहरण मात्र हो । सुजनले विद्यार्थीमाझ यस्ता धेरै स्मरणीय र सकारात्मक क्षण बिताएका छन् । यसले उनलाई विद्यार्थीमाझ ‘फेबरेट टिचर’ बनाएको छ । 

विद्यार्थीले यतिबिघ्न रुचाएका सुजन कसरी शिक्षण पेशामा आए त ? १२ वर्ष भयो सुजनले पोखराको गण्डकी बोर्डिङ स्कूलमा भौतिक विज्ञान पढाउन थालेको ।  उनले शुरूवातीमा शिक्षक नै बन्छु सोचेर शिक्षण पेशा रोजेका होइनन् । पहिला उनको इन्जिनियर बन्ने सोच थियो । सोहीअनुसार ११ र १२ कक्षामा साइन्स (विज्ञान) र म्याथ (गणित) विषयलाई रोजे । त्यो बेला उनको उमेर साथीको लहडमा लाग्ने थियो । पछि, विविध कारणले उनले पृथ्वीनारायण क्याम्पसमै विज्ञानमा स्नातक तह पढे । पढ्दै पढाउन पनि शुरू गरे । जागिरे भएपछि व्यावहारिकता र जिम्मेवारी बोध हुँदै गएको उनी बताउँछन् ।

‘आफैँ खर्च जुटाउने हेतुले पढ्दै पढाउँदै गरें । पार्ट टाइम पढाउँथे । अलिअलि पैसाको अनुहार देख्न पाइने र घरमा खर्च पनि माग्न नपाइने । यी दुई कारणले मैले पढ्दै पढाउने सोच बनाएको थिएँ,’ उनले भने। 

null

घरको वातावरण पनि उस्तै थियो । उनले बुवा पृथ्वीनारायण क्याम्पसमा भूगोल पढाउँथे । दिदी पनि शिक्षक नै । बहिनी अहिले उनले पढाउने विद्यालयमै अंग्रेजी शिक्षक छिन् । विज्ञानसम्बन्धी त्यति धेरै अनुसन्धान हुँदैन नेपालमा । विषयमा राम्रो भएपनि अवसर सीमित छ । त्यसैले उनका सबै साथी विदेश छन् । तर, पढाउँदै जाँदा उनी शिक्षण पेशामा रमाउन थाले ।

आफ्नो पेशाप्रति सन्तुष्ट मिल्दै गएपछि सुजन यसैमा रमाउन थाले । त्यसैले पनि होला अहिले उनी सबै विद्यार्थीको प्रिय बन्न सकेका । ‘आफ्नो पेशासँग खुशी भएमा विद्यार्थीलाई दिनुपर्ने कुरा दिन सकिने रहेछ भन्ने मेरो भोगाइ छ,’ उनले भने ।  

सुजन बाहिर मिजासिलो भनेर चर्चित बनेका छन् । तर आफू मिजासिलो मात्र नभएर कडा शिक्षक पनि भएको उनले सुनाए । तर, शिक्षक आवश्यक पर्दा मात्र कडा बन्नुपर्ने उनी बताउँछन् । शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सन्तुलित बनाएर राख्नुपर्नेमा उनको जोड छ । 

‘बच्चालाई फ्रेन्डली भएर पढाउन उचित हुन्छ ।  जति कडा र हैकम जमाउन खोज्यो बच्चाले दूरी बढाउँछ,’ उनले थपे, ‘विद्यार्थीले आफूलाई समस्या पर्दा सुनाओस् र गल्ती गर्दा डराओस् ।’ शिक्षण हरेक पेशाको जननी रहेको बताउँदै उनले भविष्य हातमा लिएका शिक्षकले शतप्रतिशत कर्म गर्नुपर्नेमा जोड दिए ।

सुजनलाई विद्यार्थीले जन्मदिनमा ‘सप्राइज’ दिएको यो पहिलोपटक भने होइन । हरेक वर्ष विद्यार्थीले केक काटेर उनको जन्मदिन मनाउँथे । पूर्वविद्यार्थीले गुरुपूर्णिमा होस् वा जन्मदिन शुभकामना सन्देश पठाउन बिर्सिँदैनथे । योपटक विद्यार्थीको शैली फरक भएको उनले बताए । धेरै विद्यार्थीका लागि प्रिय गुरु बनेका सुजनलाई विद्यार्थीको माया पाउँदा खुशी लाग्छ । ‘मैले मेरो कर्म गर्दा आफ्नो शतप्रतिशत समय र उर्जा खर्च गर्ने गरेको छु । म शिक्षण पेशालाई १० देखि ४ बजेसम्मको जागिरमात्र ठान्दिनँ । मैले दिनुपर्ने कुरामा कन्जुस्याइँ र बायस गर्दिनँ । संयोगवश यसले मलाई अहिले खुसी दिलाएको छ,’ उनले भने । 

सुजनले पढाएका विद्यार्थी अहिले प्रतिष्ठित पेशामा आबद्ध छन् । सुदीप रोकाया मात्र होइन अरु पनि विश्वका प्रसिद्ध विश्वविद्यालयमा अध्ययनरत छन् । जो उनलाई सम्झिइरहन्छन् । एमआईटीले विद्यालयमा हुलाकमार्फत पत्र पठाउनुअघि सुजनलाई मेल पठाएको थियो । उनलाई त्यो मेल सामान्य औपचारिकताको धन्यवाद पत्र मात्रै लागेको थियो  । पछि, कक्षामा पढाउँदै गर्दा विद्यालयकी कर्मचारी हातमा पत्र नै लिएर आइन् । छाप थियो एमआईटीको, ठेगान थियो सुजनले पढाउने विद्यालय गण्डकी बोर्डिङको । ती कर्मचारीको हातमा पत्र देखेपछि अन्य सहकर्मी शिक्षक पनि उत्सुक भए । त्यसपछि मात्र सुजनले पत्रका विषयमा सार्वजनिक गरेका हुन् । विद्यार्थीसँगको सकारात्मक सम्बन्धका कारण प्रशंसा पाएका शिक्षक सुजनको सुझाव छ, ‘शिक्षक पेशालाई कर्मको रूपमा लिनू ।’

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x