![पुनमको र्याप 'मेरो कथा' सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/punam_LuAErvcDBt.jpg)
गायिका पुनम गुरुङको नयाँ र्याप गीत 'मेरो कथा' सार्वजनिक भएको छ ।
युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा पुनमको स्वर, शब्द र संगीत रहेको छ ।
गीतमा पुनमले आफ्नो जीवन भोगाइलाई समेटेकी छिन् । उनले गीतमार्फत आफ्ना पीडाहरू र सपनाहरूलाई प्रस्तुत गरेकी छिन् ।
विगत ११ वर्षदेखि संगीतमा सक्रिय पुनम सबै विधाका गीत गाउँछिन् ।
उनले लोक, पप, आधुनिक, सालैजो, कौडा विधाका गीतहरूमा आफ्नो आवाज भरिसकेकी छन् । र्यापमा भने उनको यो पहिलो प्रयास हो ।
पुनम आफैं फिचर्ड भएको भिडियोलाई जमिर श्रेष्ठले तयार पारेका हुन् ।
भिडियो हेर्नुहोस्