०९ साउन २०८३, शनिबार

फूलपातीमा ‘ज्वाई साब’ प्रदर्शन गर्ने घोषणा

साउन २९, २०८१
काठमाडौं
फूलपातीमा ‘ज्वाई साब’ प्रदर्शन गर्ने घोषणा

यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए ।  

निरौलाले भने, “चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ । विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ । यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ ।”

निर्देशक निरौलाकानुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ । यसमा जीतु नेपाल, नीति शाह, वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् । 

लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहेका चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्