
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट एक खर्ब रुपैयाँ खिच्न लगेको छ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ राष्ट्र बैंकले खिच्न लगेको हो ।
राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरण जारी गरेको हो ।
आइतबार ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
त्यस्तै, उपकरणको सावाँ तथा ब्याजदर भुक्तानी भोलि सोमबार हुनेछ । बोलकबोलमार्फत नै ब्याजदर निर्धारण हुनेछ ।