०३ साउन २०८३, आइतबार

१५ डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा बसेपछि प्रादेशिक अस्पताललाई सेवाग्राही धान्न गाह्रो

भदौ ७, २०८१
बुटवल
१५ डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा बसेपछि प्रादेशिक अस्पताललाई सेवाग्राही धान्न गाह्रो

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्त्रीरोग विशेषज्ञ (महिला डाक्टरहरू) बिदामा बस्दा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रादेशिक अस्पतालका १५ जना गाइनोलोजिष्ट डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा छन् । बिदामा बसेका पाँचै जना कन्सलटेन्ट गाइनोलोजिष्ट हुन् ।

अस्पतालका एक डाक्टरले भने, ‘४/५ जना एउटै विभागका डाक्टरहरू बिदामा बस्दा सेवामा केही प्रभाव त परिहाल्छ नि । तर व्यवस्थापन पक्षलाई बिदाबारे पहिल्यै जानकारी हुन्छ । त्यसमा अन्य डाक्टरहरूलाई बढी मोभिलाइज गनुपर्ने दायित्व प्रशासनको हुन्छ ।’

प्रादेशिक अस्पताल सबैभन्दा धेरै सुत्केरी हुने अस्पतालमा पर्छ ।

यहाँ दैनिक १ हजार ५०० सेवाग्राही सेवाका लागि आउने गर्छन् ।

अस्पतालमा अहिले अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र सूचना अधिकारी समेत छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्