
वीरगञ्जको घण्टाघर चौकमा यात्रुको प्रतिक्षामा बसेका टाँगाचालक राधेश्याम महतो । उनले विगत ३५ वर्षदेखि टाँगा चलाउँदै आएका छन् । नेपाल–भारत सीमावर्ती बजारदेखि रक्सौल बजारसम्म टाँगाले सहज पहुँच पाउने भएकाले सर्वसाधारण टाँगा चढ्ने गर्छन् । अटोरिक्सा भने मितेरी पुलबाट भारततर्फ जान पाउँदैन। वीरगञ्जमा अझै पनि १०० भन्दा बढी टाँगा चल्ने र चालकले दैनिक रु एक हजार आम्दानी गर्ने उनीहरू बताउँछन् । तस्वीरः हिमाल लम्साल/रासस ।