०८ साउन २०८३, शुक्रबार

लुम्बिनी प्रदेशको 'ड्रिम प्रोजेक्ट' अघि बढ्यो, अत्याधुनिक अस्पताल भवनको शिलान्यास

भदौ १५, २०८१
बुटवल
लुम्बिनी प्रदेशको 'ड्रिम प्रोजेक्ट' अघि बढ्यो, अत्याधुनिक अस्पताल भवनको शिलान्यास

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भवनको शिलान्यास गरेका हुन् ।

६ अर्ब १८ करोड बढी लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रूपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको छ । 

लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीको स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास शुरू भएको थियो । 

null

संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल हुँदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गरेका हुन् ।  

२०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रूपमा अघि बढाउने प्रक्रिया थालेको थियो ।

लुम्बिनी प्रदेशका बिरामी विशेषज्ञ उपचार सेवा लिन काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय शय्याको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो।

salt training

कमेन्ट गर्नुहोस्