३१ जेठ २०८३, आइतबार

दीपेन्द्र गौचनको नयाँ चलचित्र 'मिसिङ: केटी हराएको सूचना' घोषणा

भदौ १९, २०८१
काठमाडौं
दीपेन्द्र गौचनको नयाँ चलचित्र 'मिसिङ: केटी हराएको सूचना' घोषणा

नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र 'मिसिङ: केटी हराएको सूचना' घोषणा गरेका छन् ।

null

उजेलीः 'ए चाइल्ड ब्राइड इन नेपाल'ले विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र घोषणा गरेका हुन् । 

गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

चलचित्रमा पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको बारेमा कथा कोरिएको उनले बताए । फिल्मले तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको विरुद्धमा रहेको पहाडी-मधेसी मेलमिलापको खोजी गर्ने छ । 

null

चलचित्रका लेखक/निर्माता/निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणका लागि पाएको प्रेरणाबारे आफ्नो अनुभव साटेका छन् । 'नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ । यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,' उनले भने, 'यो फिल्म मेरो मनको नजिक छ । किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।'

चलचित्रमा सीताको भूमिकामा सृष्टि श्रेष्ठ (जस्सीता/जेसी) रहेकी छन् भने रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) रहेका छन् । त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह (क्यामियो) टिकट बिक्रेताको रोलमा रहेका छन् । यसबाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्