२६ जेठ २०८३, मंगलबार

ओलीको पक्षमा झाँक्रीको ट्विट– एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि अहिलेको दोब्बर हुन्छ

भदौ १९, २०८१
काठमाडौं
ओलीको पक्षमा झाँक्रीको ट्विट– एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा पनि अहिलेको दोब्बर हुन्छ
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रतिवाद गरेकी छिन् ।

ओलीको सामाजिक सञ्जाल फेसबूकमा अनफलो अभियान चलाइएपछि झाँक्रीले सामाजिक सञ्जाल ट्विटर (एक्स)मार्फत् प्रतिक्रिया दिएकी हुन् ।

‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ झाँक्रीले लेखेकी छिन् । ओलीको पेज अनफलो अभियान चलाइएपछि नेकपा एमालेका कार्यकर्ता पनि बालेनविरुद्ध आक्रोशित बनेका छन् ।

नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले घरमा बाल मजदुर राखेको विषयमा लेखिएको फेसबूक स्टाटस हटेपछि बालेनले क्रुद्ध हुँदै अर्को सन्देश लेखेका थिए ।

त्यसपछि बालेन समर्थकले ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् ।

नेकपा एमाले विभाजन गर्दा सक्रियता देखाएकी झाँक्री पछिल्लोपटक नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्