०७ असार २०८३, आइतबार

एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने

भदौ २०, २०८१
काठमाडौं
एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने

एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ ।

ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ ।

सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरूपमा एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो ।

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एपमार्फत् आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साउन २९ गतेबाट लागू हुने गरी एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरी निःशुल्क बनाएको थियो ।

यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरू लिनका लागि यो वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

'एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एपमार्फत् उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,' एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, 'सधैं अनको महत्त्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरूसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।'

एनसेलको यो एपले स्व-सेवाको अवधारणालाई पुनः परिभाषित गरेको छ र डिजिटल रुपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रूपमा स्थापित गरेको छ ।

यो एपलाई स्थानीय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरूको प्रयोग गरेर अद्यावधिक गरिएको छ । 

यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरूका लागि पनि एकदमै महत्त्व राख्दछ ।

रोमिङका बेलामा ग्राहकहरूले सजिलै रिचार्ज गर्न, प्याकहरू किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् ।

ग्राहकहरूले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

कमेन्ट गर्नुहोस्