०१ असार २०८३, सोमबार

प्रतिबन्ध हटेसँगै निर्वाधरूपमा चल्न थाल्यो टिकटक

भदौ २३, २०८१
काठमाडौं
प्रतिबन्ध हटेसँगै निर्वाधरूपमा चल्न थाल्यो टिकटक

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाएसँगै उक्त सामाजिक सञ्जाल निर्वाधरूपमा चल्न थालेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेलगतै नेपाल टेलिकमले टिकटकको प्रयोग/पहुँचमा लगाइएको प्रतिबन्ध हटाएको छ ।  प्रतिबन्ध हटेसँगै टिकटक निर्वाधरूपमा चल्न थालेको टेलिकमले जनाएको छ ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्‌भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक उक्त एप सञ्चालनमा रोक लगाएको थियो ।

तर २०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो ।​

टिकटकको पहुँचमा लगाइएको रोक हटेसँगै अब टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्