
कोशी प्रदेश सरकारले पर्यटन, वन तथा वातावरणका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रवर्द्धनलाई १२ करोड ७७ लाख विनियोजन गरेको बताए ।