२६ असार २०८३, शुक्रबार

प्रबन्ध निर्देशक अर्यालद्वारा पदभार ग्रहण

भदौ २३, २०८१
काठमाडौं
प्रबन्ध निर्देशक अर्यालद्वारा पदभार ग्रहण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् ।

उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए । 

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्‌भावका लागि धन्यवाद दिइन् ।

पदको गरिमा र ​आफूप्रति सबैको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजाने उनको प्रतिबद्धता छ ।

यसअघि उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

यही भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षको पदावधि रहने गरी कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

उनी २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्