
काठमाडौं, १५ कार्त्तिक – वरिष्ठ अभिनेता टीका पहारीलाई केही समयअघि नाटक ‘लाटीको छोरो’ मा देखिएको थियो । यतिबेला उनले अभिनय गरेको म्युजिक भिडियो ‘म छहारी हुँ तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।
बूढो भएपछि छोराछोरीले बाबुआमालाई गर्ने व्यवहारलाई गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्दलाई डाक्टर भोला रिजालले लेखेका हुन् । गीतमा वीपी वाग्लेको स्वर र संयोजन रहेको छ ।
टीका पहारी, सरिता गिरी, अनुभव रेग्मी, सन्दीप श्रेष्ठ, अनुपमा भट्ट लगायतका कलाकारले गीतमा अभिनय गरेका छन् ।
गीतको भिडियोलाई नविन भट्टले निर्देशन गरेका हुन् ।