×

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएपछि महासंघको निर्वाचन झन् अनिश्चिततातिर धकेलिएको छ । 

Laxmi Bank

इतिहासमै पहिलोपटक नागरिक समाजको अगुवा संस्थाको साखलाई कसरी जोगाइराख्ने भन्ने चुनौती संस्था र नेतृत्व दुवैमाथि आइलागेको छ । 


Advertisment

महासंघको २७औं महाधिवेशन गत वैशाखमै सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने योजना पूरा हुन सकेन । जो नागरिक समाजको अगुवा संस्था हो, ऊ आफैं विधि, विधान, पद्धतिमा नरहेपछि समाजको दृष्टिकोण कस्तो बन्ला ? भन्ने जटिल प्रश्न अहिले संस्थामाथि तेर्सिएको छ । अध्यक्ष पोखरेलले राजीनामा दिँदै गर्दा केवल व्यक्तिले मात्रै दिएको भन्न सक्ने कुनै आधार छैन ।


Advertisment

नेपाल पत्रकार महासंघ अध्यक्षात्मक प्रणालीमा चलेको संस्था हो । अध्यक्षात्मक प्रणालीमा अध्यक्षले नै राजीनामा दिने परिस्थिति सामान्य होइन । राजीनामा संस्थाले दिएको मान्नुपर्छ । अध्यक्षपछि यही कार्यसमितिका वरिष्ठ उपाध्यक्षलाई कार्यबाहक दिने भन्ने विषय नितान्त प्राविधिक मात्र हो । यही प्राविधिक पक्षले महासंघ अहिले ‘शून्यता’मा प्रवेश गरेको छ । यो शून्यतालाई लामो समय राखियो भने झन् ‘माइनस’मा जाने अवस्था उत्पन्न हुनेछ ।

व्यावसायिक पत्रकारहरूको छाता संगठन एवं नागरिक समाजको अगुवा संस्थाको नेतृत्व चयन हुँदा कम्तीमा ३ वर्ष स्वयंसेवीरूपमा सेवा गर्न जाने प्रतिबद्धता हुन्छ । अध्यक्षात्मक प्रणालीको संस्था भएकाले अध्यक्ष स्वयं संस्था हो । ३ वर्षमा अधिवेशन सम्पन्न गरी नयाँ निर्वाचित नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्ने प्रणालीलाई निरन्तरता दिने जिम्मेवारी कार्यसमितिको हुन्छ ।

तसर्थ, अहिले अध्यक्षले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने र अन्य पदाधिकारी, कार्य समितिका सदस्य तथा लेखा समितिले दोष उता लगाएर पन्छिने गर्न मिल्दैन । जुन कार्य गर्नका लागि स्वयंसेवी ढंगले २६औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति हो, त्यसको नेतृत्वले संस्थागत जिम्मेवारी पूरा नगरी राजीनामा दिएको अवस्था छ ।

तपशीलका कुरा प्राविधिक मात्रै हो । संस्थागतरूपमा सिंगो मूल नेतृत्वले नैतिक जिम्मेवारीसहित ‘संस्थागत जिम्मेवारीको कार्य गर्न सकिनँ, दोस्रो व्यक्तिलाई दिएँ’ भन्ने कुनै नैतिक धरातल छैन । र, मूल नेतृत्वले स्वीकार गरिसकेको कमजोरीलाई दोस्रो तहको नेतृत्वले सफल बनाउँछ भन्ने झन् असम्भवको कुरो हो ।

जुन कामका लागि कार्यसमिति निर्वाचित भएको हो, त्यसको गुण र दोषको जिम्मेवारी सिंगो कार्यसमितिले लिनुपर्छ । भलै, अलिक बढी हिस्सेदार मूल नेतृत्व हुन सक्ला । तर, समितिमा रहने अनि फलानोले गर्दा यसो भयो, उसो भयो भन्ने नैतिकता अहिलेको कार्य समितिभित्रका कुनै पनि पदाधिकारी एवं सदस्यलाई छैन । पदीय जिम्मेवारी जति–जति थियो, त्यति–त्यति दोष समितिभित्रका सबैले बेहोर्नुपर्छ । कसैलाई व्यक्तिगत लाञ्छना लगाएर उम्किने छुट छैन । 

अध्यक्ष पोखरेलले विधानको केही छिद्र खोजेर राजीनामा बुझाएका छन्, त्यो देखावटी मात्रै हो । राजीनामापछि जसले नेतृत्व लिने हो, उसको मनोविज्ञान पनि कमजोर हुन्छ । कार्य समितिका अन्य पदाधिकारी एवं सदस्यहरूको पनि मनोविज्ञान खण्डित भइसकेको छ । यो अवस्थामा न संस्थागत निर्णय हुन सक्छ, न त नैतिक बल कायम रहन्छ ।

यो शून्यता अन्त्यका लागि छोटो समयावधिमा निर्वाचन सम्पन्न गर्नुमा नै बुद्धिमता देखिन्छ । सदस्यहरूको अभिलेख र प्राविधिक पक्षमा मात्रै वर्तमान कार्यसमिति रहने, निर्वाचन समितिलाई निर्वाचन तालिका सार्वजनिक, सहजीकरण र मतदाता नामावली दिनका लागि पूर्व पदाधिकारीहरूको एउटा छुट्टै ‘द्रुत अल्पकालीन समिति’ निर्माण गर्न जरुरी छ । 

नैतिकता र मनोबल कतिसम्म खस्किएको छ भन्ने बुझ्न अध्यक्ष पोखरेलको राजीनामा पत्र हेरे पुग्छ । पोखरेलले आफ्नो मनोदशा इमान्दारिताका साथ पेश गर्दै भनेका छन्, ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन । यो अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहजरूपमा काम गर्न सक्ने स्थितिमा छैन ।’

अध्यक्षको यही मनोदशाले पुष्टि गर्छ कि महासंघ अहिले शून्यतामा छ । यो शून्यता अन्त्यका लागि छोटो समयावधिमा निर्वाचन सम्पन्न गर्नुमा नै बुद्धिमता देखिन्छ । सदस्यहरूको अभिलेख र प्राविधिक पक्षमा मात्रै वर्तमान कार्य समिति रहने, निर्वाचन समितिलाई निर्वाचन तालिका सार्वजनिक, सहजीकरण र मतदाता नामावली दिनका लागि पूर्व पदाधिकारीहरूको एउटा छुट्टै ‘द्रुत अल्पकालीन समिति’ निर्माण गर्न जरुरी छ । 

वर्तमान कार्यसमितिले निर्माण गरेको सदस्यता शुद्धीकरण छानबिन समिति र २७औं महाधिवेशनले गठन गरेको अध्यक्ष मण्डल स्वतः खारेज भएसँगै महासंघलाई यहाँसम्म ल्याइपुर्‍याएका पूर्व पदाधिकारीहरूको एक नयाँ ‘द्रुत अल्पकालीन समिति’बाट निर्वाचन प्रक्रिया अघि बढाउनुपर्दछ ।

महासंघ अविछिन्न उत्तराधिकारी संस्था भएको नाता र वर्तमानले अविछिन्न उत्तराधिकारी चयन गर्न चुकेका कारण यो विधिलाई सर्वसम्मत बनाउन जरुरी छ । यतिखेर कुनै पेशागत र सरोकारवाला संघ/संस्था, वर्तमान महासंघ कार्य समितिलाई मात्रै दोष दिनुभन्दा पनि सबैले आ–आफ्नो ठाउँबाट महासंघलाई शून्यताबाट माथि उठाउने विकल्प सोच्न जरुरी छ । 

अध्यक्ष पोखरेलले स्वयं कमजोरीको नैतिक जिम्मेवारी लिनु र स्वीकार्नु सबैभन्दा सकारात्मक पक्ष हो । यसको समाधान पछिल्लो पुस्ता वा कुनै बाहिरबाट हुने विषय होइन । हिजोका दिनमा महासंघमा भूमिका निर्वाह गरी योगदान गरेको नेतृत्वपंक्तिको ‘द्रुत अल्पकालीन समिति’लाई सम्पूर्ण सदस्यहरूले पुनः स्वीकार्नुपर्छ । अहिले शून्यताको विकल्पका रूपमा जसले तत्कालै निर्वाचन प्रक्रिया अगाडि बढाउने छ । 

अविछिन्न उत्तराधिकारी संस्था भएको नाताले कतिपय प्रदेश र जिल्ला समितिमा विवाद कायमै छन् । यदि सम्बन्धित प्रदेश तथा जिल्ला समितिले निर्वाचन प्रक्रियामा भाग नलिएमा स्वतः खारेजी र नयाँ तदर्थ समितिले निर्वाचन गर्ने प्रावधानसहित कार्य अगाडि बढाउन जरुरी छ । 

अध्यक्षात्मक प्रणालीअन्तर्गत केन्द्रीय समिति, प्रदेश, जिल्ला, एसोसिएट र प्रतिष्ठानलगायत संरचना रहेकाले केन्द्रको निर्णय मान्दैनौं भन्ने स्वतन्त्र हैसियत ती समितिहरूलाई हुँदैन । केन्द्रीय अध्यक्षले नै राजीनामा दिइसकेको अवस्थामा एसोसिएटबाहेक प्रदेश, जिल्ला, प्रतिष्ठान शाखाले संगठनको संरचनागत क्षेत्राधिकारभन्दा बाहिर गएर गतिविधि गर्न पाउँदैनन् । 

पछिल्लो समय पत्रकारिता व्यवसायप्रति आक्रोश र असन्तुष्टि बढ्दो छ । पत्रकारिताको विश्वसनीयताप्रति गम्भीर प्रश्न खडा भएका छन् । यो अवस्थामा छाता संगठन बलियो नहुँदा पत्रकारहरूको मनोबल झन् कमजोर बन्दै गएको छ । महासंघमा देखिएको अहिलेको शून्यताले समाजमा आक्रोशित जमातबाट जुन लाञ्छना लगाइएर भाष्य निर्माण गरिएको छ, त्यसलाई प्रमाणित गर्ने कार्यमा झन् बल पुगेको छ । 

तसर्थ, महासंघ यतिखेर दुर्घटनामा परेको छ र यसको उद्धारको खाँचो छ । कसले संस्था हाँक्न जानेन र दुर्घटना भयो भन्ने विषय गौण हो । यसमा सबैले हातेमालो गरेर फेरि पनि नागरिक समाजको अगुवा संस्थाको रूपमै राखिराख्नुको विकल्प छैन ।

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x