
मिस युनिभर्स नेपालको बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हु्न् ।
ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गरेको प्रतियोगिताकी विजेता घिमिरेले ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको, सुन र हीरा जडित ताज लगाउने अवसर प्राप्त गरिन् ।