
बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड - २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ ।
४० लिटर बर्जर पेन्ट्स खरिद गरेर ग्राहकले यस योजनामा सहभागी बन्न सक्नेछन् । सहभागीले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, 'चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानुजस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन ।'
यस अभियानमार्फत ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका प्रदान गरिएको उनले बताए ।
'हामीलाई विश्वास छ, चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।'
यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्ग लाईफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
यस योजनाको बारेमा विस्तृत जानकारी लिन नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सकिने छ ।