
प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभएको छ ? अनि फोन गरेकै भरमा श्रीमान प्रहरी चौकी पुगेको त झन् सायदै सुन्नुभएको होला ।
जापानमा एउटा यस्तै घटना भएको छ । श्रीमतीलाई पटकपटक फोन गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जसले श्रीमतीलाई दिनमा कम्तीमा १०० पटक फोन गर्थे ।
दिनमा सयौं पटक फोन गरेर हैरान गरेपछि दिक्क भएर श्रीमतीले अन्ततः कानुनको सहयोग लिने निर्णय गरेकी हुन् ।
श्रीमतीको उजुरीपछि श्रीमानलाई पक्राउ गरेर प्रहरीले अनौठो घटनाको अनुसन्धान थालेको छ ।
गत जुलाईदेखि अगस्टसम्म ती महिलालाई अपरिचित नम्बरबाट लगातार फोन आइरहेको थियो । यस अवस्थाबाट निराश महिलाले यसबाट छुटकारा पाउने उपाय सोच्न थालिन् । उनको श्रीमान्माथिको शङ्का गहिरो हुँदै गयो।
अन्ततः उनले प्रहरीको सहयोग लिने निर्णय गरिन् र सेप्टेम्बर ४ मा उनको उजुरीपछि प्रहरीले अनुसन्धान थाल्यो। अनुसन्धान गर्दै जाँदा उनकै श्रीमानले बारम्बार फोन गरेको पत्ता लाग्यो ।
श्रीमानले भने माया देखाउन बारम्बार फोन गर्ने गरेको बयान प्रहरीलाई दिएका छन् । उनले अपरिचित नम्बरबाट फोन आउनुको कारण आफ्नो प्रेम रहेको दाबी गरेका छन् । पन्जाब केसरी