२९ असार २०८३, सोमबार

नेप्से कार्यालयमा अर्थमन्त्रीः शेयर बजार घटबढको कारण खोजी

असोज २, २०८१
काठमाडौं
नेप्से कार्यालयमा अर्थमन्त्रीः शेयर बजार घटबढको कारण खोजी

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा पुगेर शेयर बजारमा भइरहेको घटबढप्रति चासो देखाएका छन् । बुधवार भद्रकालीस्थित नेप्से कार्यालयमा पुगेर उनले शेयर बजार ‘अप एन्ड डाउन’ हुनुको कारण खोजेका हुन् । 

अर्थमन्त्री पौडेलले नेप्सेको तीव्र उतारचढाव कहिलेसम्म हुन्छ भन्ने विषयमा कर्मचारीहरूसँग जिज्ञासा राखेको उनको सचिवालयले जनाएको छ । नेप्सेले प्रयोग गरिरहेको प्रविधिमा थप वा सुधार के गर्न सकिन्छ भन्ने विषयमा पनि उनले छलफल गरेका थिए । 

‘नेप्सेको विन्दु कहिले २ हजार १०० त कहिले ३ हजारसम्म पुगिरहेको छ । कारोबार पनि कहिले २० अर्बभन्दा बढी हुन्छ भने, कहिले ८/९ अर्ब हुन्छ । यो कहिलेसम्म र कहाँसम्म पुग्छ होला ?’, अर्थमन्त्री पौडेलले प्रश्न गरे ।

null

धितोपत्र बोर्ड र नेप्सेले एक आपसमा समन्वय गरेर जानुपर्नेमा मन्त्री पौडेलले जोड दिए । नेप्सेलाई प्रभाव पार्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए । 

‘हामीले लगानीकर्ताको सुरक्षालाई हेर्नुपर्ने हुन्छ । अहिले विभिन्न प्रकृतिका अनियमितता भएको कुरा हामीले देखिरहेका छौँ । त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा पनि नेप्सेले ध्यान दिनुपर्छ,’ उनले भने, ‘अहिले नेप्सेलाई थप आवश्यक प्रविधिमा समेत लैजान सकिन्छ । शेयर बजारलाई प्रभाव पार्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक छ । यी विषयमा पनि ध्यान पुर्याउनु पर्यो । ’ 
 

salt training

कमेन्ट गर्नुहोस्