×

नेपालीमा एउटा भनाइ छ– ‘सानालाई ऐन ठूलालाई चैन ।’ झट्ट हेर्दा, पढ्दा र सुन्दा यसमा खासै त्यस्तो केही छजस्तो लाग्दैन तर, वास्तविकता त्यस्तो छैन, होइन । अपितु यसले त्यस्तो सङ्केत गरेको छ, जसले प्राणी समुदायको प्रकृति, प्रभाव र प्रस्तुतिको प्रतिनिधित्व गरेको छ । 

Laxmi Bank

प्राणीसमूदायमा ठूला भनिएकाहरूको जीवनाधार भनेकै सानोको संसार हो । उनीहरूको टिक्ने, टिकाउने, बच्ने, बचाउने तथा खेल्ने, खेलाउने स्थान भनेकै सानाहरू हुन्, सानाका संसार हुन् । ठूलाको अगाडि साना मिचिन्छन्, थिचिन्छन् । उनीहरूले चाहेर होस् नचाहेर होस् ठूलाका अगाडि मिचिनै पर्छ, थिचिनै पर्छ । सानाहरू नहुने हुन् भने त ठूलाले बाँच्ने आधारसमेत पाउने छैनन् । किनभने ठूलाको आहार भनेकै सानाहरू हुन् । संसारमा कसैले पनि ठूलाको आहार गरेको उदाहरण कम्तीमा सोही स्थान र स्वरूपमा कतै छैन, पाइन्न । यसका लागि ठूलाले कि स्वभाव त्याग्नुपर्छ कि शरीर । 


Advertisment

स्वभाव त यसै पनि त्यगिने वस्तु होइन । शरीर त्यागको कुरा पनि आफूखुशी हुने होइन । आजको जमानामा दधिचि बन्ने को नै हुन्छन् र ? अनि परेन फसाद ! ठूलाको आहार गर्न नसकिने सानाको नगर्ने हो भने कसरी बाँच्ने ?


Advertisment

त्यसैले मानिसले नियम पनि त्यस्तै बनाएको छ । ठूलाको अगाडि सानाले झुक्नुपर्ने । चाहे इच्छाले होस्, चाहे अनिच्छाले, चाहे मर्यादाको नाममा होस् चाहे, संस्कार र संस्कृतिको नाममा । सानाले ठूलाको अघि झुक्नैपर्छ, झुक्न जान्नैपर्छ । नत्र उसले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने छुटसम्म पाउने छैन । 

त्यसैले हुनुपर्छ सानाले आफूलाई तोकिदिएको धर्मलाई स–सम्मान निर्वाह गरेका छन्, गर्दै आएका छन् तर ठूलाले ? सानाले आफ्नो धर्म निर्वाह गरेपछि गरेपछि ठूलाले पनि उनीहरूमाथिको धर्म निर्वाह गरेका छन् त ? होऽऽ समस्या यहीँनिर छ । सानाले सम्मान गरेपछि ठूलाले पनि स्नेह, सद्भाव र सहयोगको धर्म निर्वाह गर्नुपर्ने हो कि होइन ? के ठूला वा ठूला भनिएकाहरूबाट त्यस्तो भएको छ ? छैन, छैन, छँदैछैन । बरू उल्टो भएको छ । सानो जति बढी झुक्छ ठूला भनिनेहरू त्यति बढी अधिकार मान्ने गर्छन्, गर्दै आएका छन् । त्यसैले त गर्ने पनि गरेका छन्, नगर्ने पनि गरेका छन्, गर्दै आएका छन् । 

ठूलालाई कानून लाग्दैन, नियमले छुँदैन । सानाले ढुकुर मारे पनि कुकुर मारे पनि कानून लाग्छ । ठूलाले मानिसै मारे पनि न कुनै कानूनको दफाले छुन्छ, न विधान वा संविधानको धाराले। उनीहरूका अधिल्तिर त यी सारा निलम्बन हुन्छन्, गरिन्छन् । यही होइन त वास्तविकता ?

देख्ने वित्तिकै मुक्का बर्साउने पनि होलान्, गुलेली ताक्ने पनि होलान् । खुकुरी उठाउने पनि होलान्, ढुकुटी उडाउने पनि होलान् । त्यतिले मात्र नपुगेर हिजोआज त बम, बारुद, बन्दुक र गोलासमेत उठाउन थालिसकेएका छन् । बासस्थानै उठाउने पनि छन्, डडाउने पनि छन् । काट्ने पनि छन्, मार्ने पनि छन् । काटेर खाने पनि छन् । भुटेर वा पोलेर खाने पनि छन् । 

यसको अर्थ हो ठूलालाई कानून लाग्दैन । नियमले छुँदैन । सानाले ढुकुर मारे पनि कुकुर मारे पनि कानून लाग्छ । ठूलाले भने मानिसै मारे पनि न कुनै नियम कानूनको दफाले छुन्छ, न विधान वा संविधानको धाराले छुन्छ । उनीहरूका अधिल्तिर त यी सारा निलम्बन हुन्छन्, निलम्बन गरिन्छन् । यही होइन त वास्तविकता ? ‘वीर भोग्या वसुन्धरा’ क्या मज्जा । समग्र पृथ्वी र प्रकृति पेवा ठान्यो जे मन लाग्छ त्यही गर्‍यो । न नागरिकताको नियमले छोयो, न भीसाको नियमले नै छोयो । अहिलेसम्म को–कसले सूर्यको भीसा खोजेका छन् ? चन्द्रको मागेका छन् ? न ग्रहको खोजेका छन् न नक्षत्रको मागेका छन् । हावाको खोजिन्न, पानीको खोजिन्न । न नदीको खोजिएको छ न समुद्रको । 

आगोको खोजिन्न, पानीको खोजिन्न, आकाशको खोजिन्न, पातालको खोजिन्न । अर्थात्  द्यावाभूमि कसैको पनि खोजिन्न । किन खोजिन्न ? किनकि छँदैछैन । किन छैन  ? किनकि आवश्यकता नै पर्दैन । किन आवश्यकता पर्दैन ? किनकि माग्दै मागिन्न । किन मागिन्न ? किनकि उनीहरू ठूला छन्, माग्नै सकिन्न । हो कि होइन ? 

यसो त पशुपक्षी वा जीवजन्तुको पनि नागरिकता खोजिन्न, भीसा मागिन्न । ठूलासित पनि मागिन्न सानासित पनि मागिन्न । किनकि ठूलाहरू यसै ठूला छन्, माग्नै सकिन्न । बाघभालुृ, गैँडाहात्तीसँग कसले माग्ने ? कसरी माग्ने ? साना यसै पनि साना भइहाले गणनामै पर्दैनन् । त्यस्ता झिनामसिनाहरूको के नै भाऊ छ र पछि लाग्ने ? 

माग्ने भनेको मानिसले मानिससँग मात्र हो । त्यो पनि ठूलाले सानासँग मात्र, ठूला देशकाले साना देशकासँग मात्र । यसो त व्यवहारमा साना देशकाले पनि ठूला देशकासँग मागेको छ देखिन्छ, खोजेको देखिन्छ तर, त्यो अभिनयबाहेक केही होइन । मागेजस्तो मात्र हो, खोजेजस्तो मात्र हो । सामान्य कर्मकाण्ड पूरा गर्नुबाहेक त्यसको कुनै अर्थ छैन । 

यही हो सानालाई ऐन, ठूलालाई चैनको अर्थ । यही हो त्यसको आशय । कि त सानाले पनि ठूलासँग मुकाबिला गर्न सक्ने हैसियत राख्न सक्नुपर्‍यो होइन भने ठूला मिचिरहने छन् साना मिचिई नै रहने छन्  । अस्तु आजलाई यति नै ।

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x