
नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ आउन अब धेरै समय बाँकी छैन । दशैँमा घर जानका लागि गाडीको टिकट लिने काम शुरू भइसकेको छ । दशैँमा घर जाँदाको उत्साहका बीच कतिपयलाई भने गाडीमा वान्ता आउने डरले सताइरहेको हुन्छ । यसलाई अंग्रेजीमा मोशन सिक्नेस भनिन्छ । विशेषगरी पहाडको र घुमाउने बाटोमा वान्ता आउने गर्छ । यसले यात्रालाई असहज बनाइरहेको छ । वान्ता आउने समस्याको रोकथामका उपायहरू पनि छन् । यस्ता छन् उपायः
–यात्रा गर्नुअघि धेरै मसालेदार खाना नखाऔँ । बरु सीमित मात्रामा क्याफिन र अल्कोहलको उपभोग गर्न सकिन्छ ।
–यात्रा गर्नुअघि सावधानीपूर्वक आफ्नो सिट चयन गर्नुहोस् । सकेसम्म अघिल्लो सिटमा बसौँ ।
–टाउकोलाई यताउता घुमाइरहने काम नगर्नुहोस् ।
–सम्भव भएसम्म ताजा हावा आउने गरी झ्याल खोल्नुहोस् ।
–पढ्ने, फिल्म हेर्ने वा विद्युतीय उपकरण चलाउने काम बन्द गर्नुहोस् ।
–गीतसङ्गीत सुन्नेजस्ता क्रियाकलापबाट पनि आफूलाई परै राख्नुहोस् ।
–आँखा बन्द राख्नुहोस्, सकेसम्म निदाउने कोसिस गर्नुहोस् ।
–यात्राका दौरान प्रशस्त पानी पिउनुहोस् । (एजेन्सीको सहयोगमा) ।