१२ साउन २०८३, मंगलबार

दयाहाङले सके चलचित्र 'अञ्जिला'को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज घोषणा हुने

असोज १०, २०८१
काठमाडौं
दयाहाङले सके चलचित्र 'अञ्जिला'को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज घोषणा हुने

नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । व्यस्त समय तालिकाबीच पनि अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन् ।

नेपालमा चलचित्र आगामी फागुन २९ गते रिलिज हुँदैछ । चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । 

चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन् । 

चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो । चलचित्रमा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ । निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ ।

salt training

कमेन्ट गर्नुहोस्