०६ साउन २०८३, बुधबार

बागीको मारमा शीर्ष नेता

कात्तिक २०, २०७४
बागीको मारमा शीर्ष नेता
काठमाडौं, १८ कात्तिक- प्रजातन्त्र पुनःस्थापनायताको २६ वर्षमा प्रतिनिधिसभा, संविधानसभा, स्थानीय निकाय, स्थानीय तह हुँदै पुनः प्रतिनिधिसभा र प्रदेशसभासम्मका चुनावमा आइपुग्दा ‘बागी उम्मेदवारी' ऐंजेरुका रूपमा देखिएको छ।poudel-ji
बागीको मारमा सबैभन्दा बढी पर्ने गरेको कांग्रेसले यसपटक पनि थुप्रै त्यस्ता उम्मेदवारीको सामना गर्नुपरेको छ। कांग्रेस मात्रै होइन, एमाले, माओवादी केन्द्रमा, संघीय फोरम, राजपालगायत दलमा समेत बागीको संख्या उल्लेख्य देखिएको छ। उम्मेदवारसँगभन्दा पनि पार्टीका शीर्ष नेतासँगको असन्तुष्टिका कारण बागी उम्मेदवार बढेको नेताहरू बताउँछन्।

लोकतन्त्रका लागि बलिदान दिएका र दलका शीर्ष नेताहरूविरुद्ध नै यसपटक बागी उम्मेदवारी परेको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्षमडण्लका सदस्य अनिल झा, माओवादी नेता हरिबोल गजुरेललगायतविरुद्ध बागी उम्मेदवार खडा भएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्