०८ साउन २०८३, शुक्रबार

नेशनल लाइफले गर्‍यो गण्डकी प्रदेशका अभिकर्ताहरूलाई सम्मान

असोज १५, २०८१
काठमाडौं
नेशनल लाइफले गर्‍यो गण्डकी प्रदेशका अभिकर्ताहरूलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको अध्यक्षतामा भएको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम उनीहरूलाई सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गर्ने गण्डकीका २२५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले उनीहरूलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेशबाट नेशनल रत्न बन्न सफल अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल र सर्टिफिकेटसहित सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्