०७ साउन २०८३, बिहीबार

अख्तियारका आयुक्तहरूले ७ दिनको तलब बाढी पहिरो पीडितलाई दिने

असोज १६, २०८१
काठमाडौं
अख्तियारका आयुक्तहरूले ७ दिनको तलब बाढी पहिरो पीडितलाई दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाढी पहिरो पीडितका लागि राहतको घोषणा गरेको छ ।

आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार सचिवहरूको ५ दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको ३, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको २ र अन्य कर्मचारीहरूको १ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

यस्तै, आयोगले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शोकाकुल परिवारजनप्रति हार्दिक समवेदनाका साथै आयोगले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्