०३ असार २०८३, बुधबार

वुलिङ बिङ्गुओ ईभीले गर्‍यो विशेष एक्सचेन्ज अफरको घोषणा

असोज १७, २०८१
काठमाडौं
वुलिङ बिङ्गुओ ईभीले गर्‍यो विशेष एक्सचेन्ज अफरको घोषणा

वुलिङ बिङ्गुओ ईभीले दशैं पर्वलाई लक्षित गरी ग्राहकहरूलाई विद्युतीय सवारी खरिदमा विशेष अफर प्रदान गर्ने घोषणा गरेको छ । 

यो अफर काठमाडौंको नक्सालस्थित वुलिङ बिङ्गुओ ईभी शोरूममा अक्टोबर १ देखि ६ सम्म सीमित अवधिका लागि उपलब्ध हुने प्यारामाउन्ट मोटर्सले जनाएको छ । यसअन्तर्गत ग्राहकले ३० लाख रुपैयाँभित्रको विद्युतीय सवारी सस्तो मूल्यमा खरिद गर्न पाउनेछन् ।

‘दशैंको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधनको आकर्षक एक्सचेन्ज मूल्य पाउनेछन्, जसले गर्दा उनीहरूले सजिलै वुलिङ बिङ्गुओ ईभीलाई सस्तो मूल्यमा खरिद गर्न सक्नेछन्,’ कम्पनीले भनेको छ, ‘यो अफरले सवारीसाधनलाई सीमित बजेटमै राख्दै आधुनिक विद्युतीय सवारी चलाउने सुविधा प्रदान गर्दछ । वुलिङ बिङ्गुओ ईभीको अधिकतम खुद्रा मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ ।’ 

यो इलेक्ट्रिक कारमा आराम र सुरक्षाका लागि अत्याधुनिक प्रविधि समावेश गरिएको छ । फराकिलो भित्री डिजाइन, उत्कृष्ट इन्फोटेनमेन्ट सिस्टम र उच्च ब्याट्री क्षमता भएको यो सवारी परिवार र व्यक्तिगत प्रयोगका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । 

कम्पनीले दशैँको अवसरमा समयमै नयाँ सवारी चाहनेहरूका लागि तत्काल डेलिभरी गर्न सकिने पनि बताएको छ । 

null

वुलिङ बिङ्गुओ ईभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटरको वारेन्टी र मोटर तथा हाई भोल्टेज कम्पोनेन्टहरूमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी प्रदान गरिन्छ ।

’हामी विद्युतीय सवारीलाई नेपाली ग्राहकहरूका लागि अझ सुलभ बनाउन यो विशेष एक्सचेन्ज अफर ल्याउन पाउँदा निकै उत्साहित भएका छौं । वुलिङ बिङ्गुओ ईभी नवीनता, सुरक्षा र किफायतीपनको उत्कृष्ट मिश्रण हो । दशैँअघि यो विशेष अफरको फाइदा लिन सबै ग्राहकलाई हामी हाम्रो शोरूममा आमन्त्रण गर्दछौं,’ वुलिङ बिङ्गुओ ईभीका प्रवक्ताले भने । 

यसका बारेमा थप जानकारी र टेस्ट ड्राइभका लागि कम्पनीले ग्राहकलाई नक्सालस्थित वुलिङ बिङ्गुओ ईभी शोरूममा आउन आग्रह गरेको छ । अफरअन्तर्गत आफ्नो पुरानो सवारी एक्सचेन्ज गरी वुलिङ बिङ्गुओ ईभी किन्दा ग्राहकहरूलाई फाइभ स्टार होटलमा दुई जनाका लागि डिनर गर्न पाउने मौकासमेत हुनेछ ।

प्यारामाउन्ट मोटर्स नेपालका लागि वुलिङ बिङ्गुओ ईभीको आधिकारिक वितरक र आयातकर्ता हो । कम्पनीले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । परामाउन्ट मोटर्स एमजी मोटर्स, माज्दा र म्याक्ससका लागि पनि नेपालको आधिकारिक आयातकर्ता हो । ‘नवीनता र उत्कृष्टताप्रतिको प्रतिबद्धता राख्दै, परामाउन्ट मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरका सवारी र सेवाहरू प्रदान गरिरहेको छ,’ कम्पनीले भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्