२८ असार २०८३, आइतबार

गाउँ-गाउँमा पुगेर मोतियाबिन्दुका बिरामीको शल्यक्रिया

असोज २२, २०८१
गोरखा
गाउँ-गाउँमा पुगेर मोतियाबिन्दुका बिरामीको शल्यक्रिया

गोरखामा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

गोरखा लायन्स आँखा सेवा केन्द्रले सोमबार जिल्लाका विभिन्न पालिकामा शिविरमार्फत १३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको हो ।

केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छजना महिला र सातजना पुरुष रहेका जानकारी दिए ।

केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।

लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समय-समयमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ ।

मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको केन्द्रले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्