
सिद्धार्थ बैंक लिमिटेडले बाढीपहिरोपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग गरेको हो ।
असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित जनताको राहतका लागि उक्त आर्थिक सहयोग गरिएको बैंकले बुधवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितको उद्धार र पुनःस्थापनाका कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।