२६ असार २०८३, शुक्रबार

जोमसोममा पुल उद्घाटनगर्दै राजदूत पूरीले भने, 'मुस्ताङको विकासमा सघाउन भारत इच्छुक'

कात्तिक २०, २०७४
जोमसोममा पुल उद्घाटनगर्दै राजदूत पूरीले भने, 'मुस्ताङको विकासमा सघाउन भारत इच्छुक'
मुस्ताङ, १९ कात्तिक -सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ । 

छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावासको रु चार करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताउनुभयो । 

विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । 

पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदूत पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताउँदै मुक्तिनाथ मन्दिरलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ भारतीय दूतावासको सहयोगमा विद्यालय भवन, गुम्बा र धर्मशाला निर्माण भएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्