२६ असार २०८३, शुक्रबार

रतन टाटाका ९ प्रेरणादायी भनाइ, जसले तपाईंको जीवन बदल्न सक्छ

असोज २४, २०८१
काठमाडौं
रतन टाटाका ९ प्रेरणादायी भनाइ, जसले तपाईंको जीवन बदल्न सक्छ

भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।​

आफ्नो सादगीले मानिसहरूलाई आकर्षित गरेका र युवाहरूका लागि सदैव रोल मोडल रहेका उनी प्रेरणादायी वक्तव्यहरूका कारण समेत चर्चित थिए ।

उनले युवाहरूलाई प्रेरित गर्न सधैं प्रेरक विचारहरू प्रस्तुत गरेका थिए ।

रतन टाटाका प्रेरणादायक भनाइहरू, जसलाई अपनाएर तपाईं पनि आफ्नो जीवन सफल बनाउन सक्नुहुन्छ :

- म सही निर्णय लिनुमा विश्वास गर्दिनँ । म निर्णय लिन्छु र त्यसलाई सही बनाउँछु ।

- शक्ति र धन मेरा मुख्य लक्ष्य होइनन् ।

- यदि तपाईं छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस्, तर टाढासम्म जान चाहनुहुन्छ भने साथीसँग जानुहोस् ।

- कुनै पनि फलामलाई बाहिरी शक्तिले नष्ट गर्न सक्दैन, तर त्यसको आफ्नै जंगले नष्ट गर्छ । यस्तै गरी कुनै पनि व्यक्तिलाई बाहिरका मानिसले नष्ट गर्न सक्दैन, तर उसको आफ्नै सोचले नष्ट गर्न सक्छ ।

- जीवनमा उतार-चढाव निकै महत्त्वपूर्ण हुन्छन्, किनकि ईसीजीमा सिधा रेखाले हामी जीवित छैनौं भन्ने देखाउँछ ।

- म सधैं भारतको भविष्यका सम्भावनाहरूमा निकै विश्वस्त र उत्साहित छु । मलाई लाग्छ यो ठूलो सम्भावना भएको देश हो ।

- म ती मानिसहरूको प्रशंसा गर्छु जो धेरै सफल छन्, तर यदि त्यो सफलता निर्दयतापूर्वक प्राप्त गरिएको हो भने म त्यस व्यक्तिलाई प्रशंसा गर्न सक्छु, तर उसको सम्मान गर्न सक्दिनँ ।

- मानिसहरूले तपाईंमाथि फालेको ढुंगालाई उठाएर त्यसलाई स्मारक बनाउन प्रयोग गर्नुहोस् ।

- मानिसहरूले अझै पनि विश्वास गर्छन् कि उनीहरूले पढेको कुरा सत्य हो ।

salt training

कमेन्ट गर्नुहोस्