२५ जेठ २०८३, सोमबार

राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई टीका

असोज २६, २०८१
काठमाडौं
राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई टीका

राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दू तथा नेपालीहरूको महान् चाड दशैँको मुख्य दिन विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

आज (शनिवार) दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि राष्ट्रपति पौडेलले इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन शुरू गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई आज राष्ट्रपति पौडेलले टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौँ मानिस लाममा बसेको जनाइएको छ । 

विजया दशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट सयौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरूले पनि निरन्तरता दिँदै आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्