भनिन्छ, जीवनमा केही राज नखुलेकै राम्रो हुन्छ । यदि ती पर्दाहरू उठे भने, कहिलेकाहीँ जीवन नै हल्लिन्छ । यस्तै केही भयो एक जोडीका लागि । जब उनीहरूले मजाक-मजाकमा डीएनए परीक्षण गराए, तब त्यसको नतिजाले उनीहरूको विवाहमै प्रश्न उठायो ।
यो कहानी हो अमेरिकामा बसोबास गर्ने सेलिना र जोसेफ क्विनोसको ।
उनीहरूले १० वर्षसम्म खुशीपूर्वक विवाहित जीवन बिताइरहेका थिए । तर, एकदिन उनीहरूले आफ्नो डीएनए परीक्षण गर्ने निर्णय गरे । जानकारीका लागि विदेशमा डीएनए परीक्षण गराउन सजिलो हुन्छ, त्यसैले उनीहरूका लागि यस्तो गर्नु कुनै कठिन काम थिएन ।
डीएनए परीक्षण गर्ने निर्णयको विषयमा उनले एक एक पोडकास्टमा भनेकी छन्- 'यसका पछाडि मुख्य कारण मानिसहरूका प्रश्न थिए । म मेरो वंशको बारेमा जान्न चाहन्थें । मेरी छोरीको रंग धेरै गाढा छ, मेरो छोराको कपाल घुम्रिएको छ । र, मेरो बीचको बच्चा गोरो छ । मानिसहरू सधैँ मसँग सोध्थे कि तिमी को हौ ? तिम्रो पृष्ठभूमि के हो ? र, म केवल यति भन्न सक्थें कि म नेटिभ अमेरिकन हुँ, तर मलाई पक्का थाहा थिएन ।'
डेली स्टारको रिपोर्टअनुसार सेलिना र जोसेफले डीएनए परीक्षण गराए । जब यस परीक्षणको नतिजा आयो, तब दुबै अचम्ममा परे । डीएनए परीक्षणको नतिजाले खुलासा गर्यो कि सेलिना र जोसेफ वास्तवमा काका-ठूलोबाका छोराछोरी रहेछन् । यो सच्चाइ थाहा पाएपछि उनीहरू दुवैलाई गहिरो धक्का लाग्यो । माथिल्लो पुस्ता बितिसकेपछि बिहे गरेकाले उनीहरू आफ्नो पुर्खाबारे अविज्ञ थिए ।
कोलोराडो अमेरिकामा बसोबास गर्ने यो जोडीले सामाजिक सञ्जालमा आफ्नो कहानी शेयर गरे ।
सेलिनाले बताइन्- उनी आफ्ना पति र बच्चाहरूलाई छाड्न चाहन्नन् । उनी आफ्ना पतिसँग डिभोर्स गर्ने मूडमा छैनन् । एउटै परिवारभित्र विवाह गर्नु वैज्ञानिक रूपमा उचित मानिँदैन, किनभने यसले विभिन्न प्रकारका आनुवंशिक समस्याहरूको खतरा बढाउँछ ।