३१ असार २०८३, बुधबार
वैकल्पिक मार्गको यात्रा

नागढुङ्गाको जाम छल्न गज्जबको विकल्प- साना गाडीहरू सीतापाइला–धार्के सडकमा सरर [ड्रोन भिडियो]

कात्तिक २, २०८१
काठमाडौं
नागढुङ्गाको जाम छल्न गज्जबको विकल्प- साना गाडीहरू सीतापाइला–धार्के सडकमा सरर [ड्रोन भिडियो]

पश्चिम नेपाललाई राजधानी काठमाडौंसँग जोड्ने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकको विकल्पमा सितापाइला– धार्के सडक प्रयोग गर्न सकिने भएको छ ।

सीतापाइलाबाट धादिङको धुनिवेशी नगरपालिका ६ धार्केसम्म एक घण्टामै पुग्न सकिने चालकहरू बताउँछन् ।

असोज ११ गते राति झ्याप्ले खोला लगायतका स्थानमा गएको पहिरोका कारण नागढुङ्गा–नौबिसेमा सवारी साधनको जाम बढ्ने गरेको छ ।​ मालवहाक र लोड गाडीका कारण मुख्य राजमार्गमा जाम हुने गरेको छ । 

नागढुङ्गा–नौबिसे सडकमा जाम बढेपछि साना गाडी सीतापाइला सडकमार्ग प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समय यो सडकमा कार, जीप, साना माइक्रो बस र मोटर साइकलको ताँती देख्न सकिन्छ ।

गाउँमा दशैं मनाएर फर्किने क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं जान धार्के–सीतापाइला सडक उपयुक्त रहेको सन्देश लेखेपछि यो सडकमा साना गाडीको चाप बढेको हो । 

चालक रामकुमार तामाङले झ्याप्ले खोलाको बाटो हिँडिसाध्यै नभएकोले वैकल्पिक सडक प्रयोग गर्ने गरेको बताए ।

अर्का चालक नुमनसिंह मोक्तानले झण्डै एक घण्टाको समयमा धार्केबाट काठमाडौं पुग्न सकिने बताए । 

२४ किलोमिटर रहेको यो सडकको केही स्थान कच्ची छ । तर पनि यात्रा गर्न सहज रहेकोले यात्रा गरेका चालकहरूको अनुभव छ ।

साना गाडीले वैकल्पिक सडक प्रयोग गर्न थालेपछि नागढुङ्गा–नौबिसे सडकमा थोरै भए पनि सवारी चाप घटेको छ । 

हेर्नुहोस्, सीतापाइला–धार्के सडकको यात्राको ड्रोन भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्