१० साउन २०८३, आइतबार
सहकारी ठगी प्रकरण

कास्की जिल्ला अदालतमा बहस– जीबीलाई देखाए पनि नेपथ्यमा रविकै भूमिका छ

कात्तिक ८, २०८१
काठमाडौं
कास्की जिल्ला अदालतमा बहस– जीबीलाई देखाए पनि नेपथ्यमा रविकै भूमिका छ

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको म्याद थपसम्बन्धी बहस शुरू भएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएर बहस शुरू भएको हो ।

अदालतमा सरकारी वकिल र जाहेरीकर्ताका वकिलले बहस गरेका छन् । जाहेरीकर्ताको तर्फबाट भएको बहसमा रविले सहकारीको रकम अलचलनमा सबै जीबी राईलाई मात्रै दोषी देखाए पनि नेपथ्यमा उनकै भूमिका रहेको जिकिर गरिएको छ । 

जाहेरीकर्ताका तर्फबाट अधिवक्ता युवराज पराजुलीले गरेको बहसमा गोरखा मिडियामा ‘चेन’को रूपमा रकम भित्रिएको बताए ।

उनले भने, ‘पोखरामा सूर्यदशर्न, विराटनगरमा सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मीको रकम गोरखा मिडिया नेटवर्कमा भित्रिएको देखिन्छ । चेनको रूपमा रकम ठगी भएको देखिन्छ ।’

पराजुलीले एउटै व्यक्ति दुई फरक सहकारीको सञ्चालक समितिको अध्यक्ष बन्नु भनेकै ठगी गर्ने उद्देश्य देखिएको बताएका छन् ।

‘महानगरको प्रतिवेदनले समेत रविले एक करोड पुलेसो कर्जा लिएको देखिएकाले उनले यसमा आफू जानकार नभएको भन्नु आफैंमा हास्यास्पद देखिन्छ,’ पराजुलीले भने,‘ अनुसन्धान हुँदै जाँदा थप खुल्दै जान्छ, रविले सबै दोष जीबीलाई देखाए पनि नेपथ्यमा उनकै भूमिका देखिन्छ ।’ 

रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुनेगरी ६ दिनको म्याद थप भएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा रविलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भन्दै पोखरामा विरोध प्रदर्शन गरिरहेको छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

– पराजुली जाहेरीकर्ताको वकिल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्