०९ साउन २०८३, शनिबार

सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कात्तिक १५ देखि सार्वजनिक यातायात नि:शुल्क

कात्तिक ८, २०८१
काठमाडौं
सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कात्तिक १५ देखि सार्वजनिक यातायात नि:शुल्क

सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई कात्तिक १५ गतेदेखि सार्वजनिक यातायातमा नि:शुल्क सेवा प्रदान गर्ने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले अब ड्युटी तोकिएको जिम्मेवारी पूरा गर्ने क्रममा जिल्लाभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।

कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच नेपालभर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा नि:शुल्क यात्रा गर्न दिने सम्झौता भएको थियो ।

त्यसका लागि सेवाग्राहीहरू सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा रहनुपर्ने छ । साथै परिचयपत्र पनि अनिवार्य बोक्नुपर्ने छ ।


 

salt training

कमेन्ट गर्नुहोस्