१८ असार २०८३, बिहीबार

४६ अङ्कले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार

कात्तिक १३, २०८१
काठमाडौं
४६ अङ्कले बढ्यो नेप्से, ६ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ ।

मङ्गलबार नेप्से परिसूचक ४६.६९ अङ्कले बढेर २६९२.०५ को विन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन सोमबार मात्रै नेप्से परिसूचक सोमबार २७.४१ अङ्कले बढेर २६४५.३६ को विन्दुमा अडिएको थियो । यस दिन बजारमा १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको थियो । 

आज सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा इन्स्योरेन्स, केथुली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

यसका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । त्यस्तै, कारोबारका आधारमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड २४ करोड ७१ लाख ५९ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । 

साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा बन्द भएको थियो ।

यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्