२६ असार २०८३, शुक्रबार

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण

कात्तिक २०, २०८१
सप्तरी
स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेका छन् ।

उनले आज अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिएका छन् ।

उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकाबारे जानकारी दिएका थिए ।

अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रोपटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गरे ।

salt training

कमेन्ट गर्नुहोस्