२६ जेठ २०८३, मंगलबार

डोनाल्ड ट्रम्पलाई मोदीले दिए बधाई, भारत-अमेरिका रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

कात्तिक २१, २०८१
काठमाडौं
डोनाल्ड ट्रम्पलाई मोदीले दिए बधाई, भारत-अमेरिका रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनावी जीतका लागि बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले ट्रम्पको अघिल्लो कार्यकालका सफलताहरूलाई निरन्तरता दिँदै, भारत र अमेरिकाबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने चाहना व्यक्त गरेका छन्।

मोदीले भनेका छन्, 'तपाईंको यस ऐतिहासिक जितमा हार्दिक बधाई। तपाईंको अघिल्लो कार्यकालको सफलतामा आधारित हुँदै हाम्रो सहकार्यलाई नवीकरण गर्दै भारत-अमेरिका रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा राखेका छौं।'

मोदीले दुवै देशका जनताको हितका लागि एकसाथ काम गर्दै विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा हातेमालो गर्ने लक्ष्य व्यक्त गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी हुने लगभग पक्का भएको छ । 

सबैभन्दा महत्त्वपूर्ण मानिएको पेन्सिलभेनिया जितेपछि ट्रम्पप्रति मतदाताहरूको समर्थन अझ बलियो बनेको प्रमाणित भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्