![बागमती नदी किनारामा छठको रौनक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Chhath_2081_2_gZg62v2csb.jpg)
छठको मुख्य दिन व्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।
कुपण्डोलस्थित बागमती नदी किनारामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पनि पूजा अर्चना गरेका छन् ।
आज साँझ थापाथलीस्थित बागमती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा पुगेर उनले छठी माताको पूजा गरेका हुन् ।
प्रधानन्यायाधीश राउतले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
प्रधानन्यायाधीश राउतलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, छठ पूजा समिति थापाथली (हाल कुपण्डोल) का संयोजक सतीशकुमार झालगायतले स्वागत गरेका थिए ।
तस्वीरहरू












