०७ साउन २०८३, बिहीबार
काम छाडेर कर्मचारी धर्नामा

कम्प्युटर अधिकृतलाई अन्य समूहमा बढुवा गर्न नहुने भन्दै सिंहदरबारमा कर्मचारीको प्रदर्शन

कात्तिक २५, २०८१
काठमाडौं
कम्प्युटर अधिकृतलाई अन्य समूहमा बढुवा गर्न नहुने भन्दै सिंहदरबारमा कर्मचारीको प्रदर्शन

प्रशासन सेवा अन्तर्गतका शाखा अधिकृत र उपसचिवहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि प्रदर्शन गरेका छन् । 

गत असोज २ गतेको सर्वोच्च अदालतको परमादेशविरुद्ध सरकार भ्याकेटमा जानुपर्ने माग राख्दै उनीहरूले आइतबार मन्त्रालय परिसरमा धर्ना दिएका हुन् । 

सर्वोच्च अदालतले त्यतिबेला प्राविधिकतर्फका कम्प्युटर अपरेटर/अधिकृतहरूलाई प्रशासन, लेखा, राजश्व र अन्य समूहमा बढुवा गर्न सकिने गरी परमादेश जारी गरेको थियो । यद्यपि, त्यसको  पूर्णपाठ भने आइसकेको छैन ।​

सर्वोच्चको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने, समूह पनि परिवर्तन नहुने, समायोजन र पद मिलान पनि गर्न नपर्ने खतराबाट प्रशासनमा गम्भीर असर पर्ने उनीहरूको भनाइ थियो । 

नेपाल प्रशासन सेवाका उपसचिव पदमा समूह बाहिरका कर्मचारीको प्रवेशले राजश्व प्रशासनलाई गम्भीर असर पुर्‍याउने, हाल १४/१५ वर्षमा हुने गरेको प्रशासन समूहको बढुवा २० वर्षमा धकेलिने जस्ता दीर्घकालीन असर पर्ने कर्मचारीहरूको भनाइ थियो ।

रिट निवेदकको मागदाबी अनुसार एक महिनाको तालिमबाट सेवा प्रवेश गरेका कर्मचारी र ४०० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गरी १४/१५ वर्ष कार्यअनुभव लिएको कर्मचारी सँगै बढुवा हुँदा प्रशासनका कर्मचारीको मनोबल खस्किने कर्मचारीहरूले सम्बोधनका क्रममा भनेका थिए । 

एक कर्मचारीले लोकान्तरसँग भने, 'सर्वोच्चले परमादेश त दियो तर सरकार अहिलेसम्म चुप लागेको छ । हामीले सरकार त्यसविरुद्ध भ्याकेटमा जानुपर्छ भन्ने माग राखिरहेका छौं।'

प्रदर्शनमा उत्रिएका कर्मचारीले सामान्य प्रशासन मन्त्रालयलमा आफ्नो माग सम्बोधन गर्न ज्ञापन पत्रसमेत बुझाएका छन् । मन्त्रालयका निमित्त सचिव कालीप्रसाद पराजुलीले ज्ञापनपत्र बुझ्दै सरकारलाई यस विषयमा अवगत गराउने प्रतिवद्धता जनाएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने तयारी रहेको ती कर्मचारीले बताए । 

हेर्नुहोस् थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्