
लोकसेवा आयोगलाई निजामती सेवा प्रवेशको ‘फलामे ढोका’ मानिन्छ । अधिकतम् स्वच्छ प्रतिस्पर्धा हुने निजामती सेवामा धेरैको रुचि छ ।
अलि पहिले स्वअध्ययन गरेर लोकसेवा पास गर्ने गरेको भए पनि पछिल्लो समय तयारी कक्षा लिने क्रम बढेको छ । तयारी कक्षा लिनेमध्ये धेरैजना प्रतिस्पर्धामा सफल पनि भएका छन् ।
त्यसैलाई मध्यनजर गर्दै निजामती, शिक्षक, स्वास्थ्य क्षेत्रदेखि बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहनेको चासो र रूचिलाई मध्येनजगर गर्दै बुटवलका निलम अधिकारीले तयारी कक्षा शुरूआत गरेका थिए ।
दश वर्ष अघिसम्म बुटवलमा तयारी कक्षा सञ्चालन हुने गरेका थिएनन् । लोकसेवा तयारी कक्षाको बलियो जग बसाल्दै दक्ष सरकारी अफिसरबाट अधिकारीले कक्षा सञ्चालन गरेपछि उनको ‘भाइ इन्स्टिच्युट'बाट हजार भन्दा बढी सरकारी सेवामा प्रवेश गरिसकेका छन् । विशेषतः खरिदार, नासु, बैंकिङ क्षेत्र, स्टाफ नर्सदेखि सीएम र एनमीका कक्षा सञ्चालन गरेर नेपालको सरकारी सेवामा प्रवेश गर्न चाहने थुप्रै प्रतिभाका प्रेरक मेन्टर बनेका छन् निलम ।
हरेक क्षेत्रमा केही न केही नयाँ काम गरिरहन रुचाउने इनोभेटर निमल रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दीपनगरमा जन्मिएका बुवा खेमनारायण र आमा जया अधिकारीका छोरा हुन् ।
शिक्षण र फेसन डिजाइनदेखि आफ्ना पाइला अघि बढाएका अधिकारी पोखरामा पनि विभिन्न क्षेत्रमा काम गरे । पोखराबाट फर्किएर देवदहमा नर्सिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबाट तयारी कक्षा शुरू गरेका उनले अहिले बुटवलमा बलियो सरकारी सेवा प्रवेश गर्नेको तयारीका कक्षा सञ्चालन गरिरहेका छन् ।
‘शुरूमा नर्सको इन्ट्रान्स कक्षा सञ्चालन गरेर परीक्षा दिएका सबैको नाम निस्कियो’ निलम भन्छन्, ‘त्यसपछि हामीले राम्रो पढाउँदा रहेछौं भन्ने भयो र यही क्षेत्रमा लागियो ।’
देवदहमा दुई/तीन वर्ष तयारी कक्षा चलाएर विस. २०६८ मा तयारी कक्षा सञ्चालन गर्न बुटवलमा आएका थिए । त्यो बेला बुटवलमा इन्स्टिच्यूट एकदमै कम थिए । उनले बुटवलमा आएर इन्स्टिच्युटलाई व्यवसायिक र रिजल्ट वरिएन्टेड पनि बनाए । त्यहीँअनुसार अघि बढे ।
विद्यार्थीको संख्या बढ्दै बजार चिन्दै ‘भाइ’ अघि बढ्यो । जसले गर्दा निमलाई भाइले चम्काएको बताउँछन । उनी भन्छन्, ‘२०७१/०७२ सालतिर त विद्यार्थीको चाप थामिनक्नु भयो । धेरै विद्यार्थी सरकारी सेवामा प्रवेश गरेपछि पहिचान र खुसी पनि दिलायो । त्यो बेला बिहान, दिउँसो र बेलुका गरी दैनिक ३०/३५ वटासम्म कक्षा सञ्चालन गरियो ।’
गोल्ड मेडलिष्टहरूबाट कक्षा सञ्चालन हुने गर्थे । लोकसेवा आफैं पढ्नुपर्ने क्षेत्र हो भन्थे । तर, अहिले इन्स्टिच्यूटहरूको डेभलपमेन्ट हुँदै गयो । त्यसपछि विभिन्न तरिकाबाट पढाउन थाले । त्यसको दायरा पनि फराकिलो बनाउँदै लगे ।
नियमित जाँच गराउने, आफ्ना सुनाउने, पुराना नोटहरू देखाउँदै टयूसन लिएका विद्यार्थीले धेरै सिक्न थाले । सेल्फ स्टडीको पनि नाम त निस्कियो तर, नाम निकाल्न लामो समय लाग्यो । किनभने सबै चिज सहजीकरण गरिदिने कोही भएनन् । त्यसपछि इन्स्टिच्यूटको भ्यालू बढ्दै गएको छ । तर, पछिल्लो समय दश वर्ष अघिजस्तो माहोल भने नभएको उनी बताउँछन् ।
‘भचुअर्ल क्लास सञ्चालन हुन थाले’ निलम भन्छन्, ‘अनलाइन क्लासले प्रतिस्पर्धा घटेको छ । भर्चुअल क्लासमा इन्टरनेटको खराबी हुने र धेरैको एक्सिस नपुग्ने भइरहेको छ । रेकडेड क्लास पनि सञ्चालन भए । त्यसमा मेरो अनुवनले राम्रो रिजल्ट देखिएको छैन ।’
अहिले पनि नियमित कक्षाहरू सञ्चालन भइरहेका छन । तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट धेरै स्थापना हुन थालेका छन् ।
केही वर्ष विदेश जाने लहर चल्यो, अहिले फेरि लोकसेवाप्रति लगाव बढदो छ । शरूको चरणमा टपरहरू तयारी कक्षा लिन आउथे । कलेज टपर विद्यार्थी आउँथे । तर, पछिल्लो समय दक्ष विद्यार्थी कम र ग्रामीण क्षेत्रका र एजुकेशन ग्याप भएकाहरू तयारी कक्षा लिन आउने देखिन्छन । फे्रसरहरू कम आएका छन, पढाइ छोडेकाहरू पढ्न आउँछन् । तर, तिनीहरूले मेहनत बढी गर्नुपर्ने देखिन्छ ।
निमलको सिको गर्दै अहिले मोफसलमा पनि तयारी कक्षाहरू खुलेका छन् । त्यो देख्दा उनलाई अहिले गर्व लाग्छ । बजारमा खड्किरहेको कुरालाई आत्मसाथ गर्दै डोर्याएर अघि लैजान निलम सिपालु छ । ‘बजारमा जुन कुराहरू छैन त्यो दिनुपर्छ भन्ने मलाई लागि रहन्छ’ उनी भन्छन्, ‘त्यो कुरा मैले पुरा गर्छुजस्तो मलाई लाग्छ । कमाउनु के छ र मानिसको मन र विश्वास नै हो । त्यो कमाएजस्तो लाग्छ ।’