०७ साउन २०८३, बिहीबार

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

मंसिर २, २०८१
काठमाडौं
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा परी आइतबार बिहान झापामा एक जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।   

कमेन्ट गर्नुहोस्