०७ साउन २०८३, बिहीबार

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो

मंसिर ५, २०८१
काठमाडौं
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइएको छ ।

उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्‍याइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै 'फेक डकुमेन्ट' सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका थिए ।​

तस्वीरहरू

null

null

null

null

null

 

कमेन्ट गर्नुहोस्