
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गरेकाहरूलाई सम्मान गरेको छ ।
कम्पनीले ६१० जना भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्यहरूलाई सम्मान गरेको हो ।
काठमाडौंमा भएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृत्तीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।
सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरू सम्मानित भइसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएको बताए ।
जस अनुसार नेपालभर बाट २००० जना भन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको केसीले बताए ।
समारोहमा सीईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित भएका बिजनेश लिडरहरूले सीईओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।