०४ साउन २०८३, सोमबार

दुई मेगावाटको सोलार प्यानल जडान गर्दै वरुण विभरेज

मंसिर १९, २०८१
काठमाडौं
दुई मेगावाटको सोलार प्यानल जडान गर्दै वरुण विभरेज

नेपालको विद्युत् खपत र वातावरण संरक्षणमा योगदान गर्दै वरुण विभरेजले दुई मेगावाटको सौर्य ऊर्जा (सोलार प्लान्ट) सञ्चालनमा ल्याउने भएको छ । पेप्सीकोलाको प्रमुख फ्रेन्चाइज वरुण विभरेजले नवलपरासीस्थित प्लान्टमा २ मेगावाटको सोलार प्लान जडान गरेको हो ।
 
नवलपरासी रामग्राम नगरपालिकास्थित वरुण विभरेजको दोस्रो प्लान्टमा सोलार प्लान्टको काम करिब अन्तिम चरणमा रहेको छ । पेप्सीकोला उत्पादक कम्पनी वरुण विभरेजका नेपालमा दुई प्लान्टहरू रहेका छन् । पेप्सीकोलाको पहिलो प्लान्टका रूपमा काठमाडौंको पेप्सीकोलामा स्थापना भएको थियो ।

जलवायु परिवर्तन र दीगो ऊर्जाको आवश्यकतालाई मध्यनजर गर्दै वरुणले आफ्नो प्लान्टमा २ मेगावाटको सोलार जडान गर्ने परियोजना अगाडि सारेको हो । सोलार प्लान्टबाट वातावरणीय संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका पुग्ने विश्वास कम्पनीको छ । 

२ मेगावाट सौर्य ऊर्जाले करिब ४०० देखि ६०० घरका लागि विद्युत् आपूर्ति गर्न सक्छ । कम्पनीले दुई मेगावाट विद्युत् खपत सोलारबाट गर्दा अन्य क्षेत्रका लागि विद्युत् आपूर्तिमा सहयोग पुग्ने जनाइएको छ । कम्पनीका अनुसार यसले ग्रामीण र दुर्गम क्षेत्रहरूमा विद्युत् आपूर्तिमा ठूलो योगदान पुर्‍याउनेछ ।

जलविद्युतमा निर्भर देशको विद्यूत मौसम र नदीको प्रवाहमा निर्भर रहेको छ । यसका साथै नेपालका दुर्गम स्थानहरूमा जलविद्युतको पहुँच पनि सीमित रहेको देखिन्छ । औद्योगिक क्षेत्रमा खपत हुने विद्युत्‌मा सोलारको प्रयोग हुँदा अन्य क्षेत्रका लागि विद्युतको आपूर्ति गर्नमा ठूलो सहयोग हुने कम्पनीको भनाइ छ । 

null

२ मेगावाट सोलार प्लान्टले वार्षिक रूपमा २ हजार ८०० मेट्रिक टन ‘सीओ टू’ (कार्बन्डाअक्साइड) उत्सर्जन घटाउन सहयोग पुर्‍याउनेछ । वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्नका लागि सौर्य ऊर्जाकोको महत्त्वपूर्ण भूमिका रहेकोले कम्पनीले तराईको नवलपरासीमा २ मेगावाटको प्लान्ट परियोजना अगाडि बढाएको जनाएको छ । 

त्यस्तै, यसले हरित, दीगो र प्रदूषणरहित ऊर्जा स्रोतको प्रवर्द्धन गर्ने गर्दछ । सोलार प्यानलले प्राकृतिक स्रोतहरूको संरक्षणमा पनि योगदान पुर्‍याउने कम्पनीले जनाएको छ । नेपालका लागि २ मेगावाट सौर्य ऊर्जा उत्पादन यन्त्र नभएर दीगो भविष्य निर्माण गर्ने पहलका रूपमा लिइएको छ । 

नेपालको विद्युतको पहुँच विस्तार गर्न, वातावरणको संरक्षणमा मद्दत गर्न र जलवायु परिवर्तनको असरलाई कम गर्न सौर्य ऊर्जाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । वरुणले शुरू गरेको २ मेगावाट जस्ता परियोजनाले वर्तमान ऊर्जा मागलाई पूरा गर्नुका साथै दिगो ऊर्जा भविष्यको आधार पनि बनाउन सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्