१९ असार २०८३, शुक्रबार

फाइनान्स र होटल समूहमा पहिरो जाँदा नेप्सेमा दोहोरो अंकको गिरावट

मंसिर २०, २०८१
काठमाडौं
फाइनान्स र होटल समूहमा पहिरो जाँदा नेप्सेमा दोहोरो अंकको गिरावट

फाइनान्स र होटलमा तीव्र गिरावट आउँदा बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १५.९३ अंकले घटेर २७३४ दशमलव ९३ बिन्दुमा कायम भएको छ ।

समूहगत रूपमा हेर्दा बिहीबार सबैभन्दा बढी गिरावट होटल एन्ड टुरिजमम ३.६३ प्रतिशत आयो ।

त्यसपछि फाइनान्समा २.७८, माइक्रो फाइनान्स र म्यानुफ्याक्चर एन्ड प्रोसेसिङमा समान १.१४ तथा डेभलपमेन्ट बैंकमा १.०८ प्रतिशतको गिरावट आउन पुग्यो ।

नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा पनि खानीखोला  हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र मानुसी लघुवित्तमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सपोर्ट माइक्रो फाइनान्स र नेपाल फाइनान्समा सर्वाधिक गिरावट आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्