०६ साउन २०८३, बुधबार

नेपालको सबैभन्दा महंगो लक्जरी गाडी एक हप्ताभित्रै बिक्री

मंसिर २०, २०८१
काठमाडौं
नेपालको सबैभन्दा महंगो लक्जरी गाडी एक हप्ताभित्रै बिक्री

नेपालको सबैभन्दा महंगो लक्जरी गाडी नेपाल भित्रिएको एक हप्ताभित्रै बिक्री भएको छ । 

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सको एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने  देशकै सबैभन्दा महंगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स सेभेन एक्स ड्राइभ ४०आई (BMW X7 xDrive 40i) ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो ।

कम्पनीका अनुसार, यो मोडल कात्तिक २९ गते नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूति, सुरक्षा, शक्ति र विलासी सुविधाले सम्पन्न यो गाडी अहिलेसम्मको सबैभन्दा महंगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रूचिलाई प्रष्ट रूपमा उजागर गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले जनाए अनुसार बीएमडब्ल्यू एक्स सेभेन एक्स ड्राइभ ४०आईको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । 

यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्