१७ असार २०८३, बुधबार

परराष्ट्रमन्त्री देउवाले विमानस्थलमा गरिन् भुटानी राजालाई स्वागत

मंसिर २१, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री देउवाले विमानस्थलमा गरिन् भुटानी राजालाई स्वागत

केही घण्टाका लागि ‘ट्रान्जिट भिजिट’मा नेपाल आएका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकलाई परराष्ट्र मन्त्री आरजु देउवाले विमानस्थलमा स्वागत गरेकी छिन् ।

नयाँ दिल्लीबाट स्वदेश फर्किने क्रममा नेपाल आएका भुटानी राजालाई शुक्रबार बिहान मन्त्री देउवाले स्वागत गरेकी हुन् । 

भुटानी राजा जिग्मे स्वयम्भू र बौद्धनाथको दर्शन गरेर शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

नेपालमा उनको औपचारिक भेटघाटको कुनै कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।

‘कुनै देशको राष्ट्रप्रमुख आउँदा गर्नुपर्ने स्वागतका लागि मन्त्री जानुभएको हो, भेटघाटको कुनै कार्यक्रम छैन,’ मन्त्रालय स्रोतले भन्यो ।  
 

salt training

कमेन्ट गर्नुहोस्