![एनपीएलमा विभिन्न कीर्तिमान राखेको लुम्बिनीविरुद्ध पोखराको खेलका रोचक दृष्य [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/pokhara_vs_lumbini_18_jy7v2WWNbI.jpg)
नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले १० विकेटको शानदार जीत दर्ता गरेको छ ।
कीर्तिपुरमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले बिनाविकेटको क्षतिमा पूरा गर्यो ।
पोखराको जीतमा साउथ अफ्रिकी मूलका अमेरिकी खेलाडी एन्ड्रिस गौसले शतकीय पारी (१०४ रन) खेले ।
उनलाई दिनेश खरेलले अर्धशतकीय पारी (६१ रन) खेल्दै साथ दिए ।
१७१ रनको लक्ष्य पच्छ्याएको पोखराले बिनाकुनै विकेटको क्षतिमा सय रन पूरा गरेको थियो ।
तीन खेलमा पोखराको यो पहिलो जीत हो । लुम्बिनीले भने लगातार २ हार ब्यहोरेको छ ।
यसअघि कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले १७० रनको स्कोर खडा गरेको थियो ।
तस्वीरहरू





















